नियम ७
प्रहरी कर्मचारी सम्बन्धी व्यवस्था
(१) ब्यूरोमा आवश्यक सङ्ख्यामा प्रहरी कर्मचारीहरू रहनेछन् ।
(२) ब्यूरोमा प्रहरी कर्मचारी खटाउँदा अपराधको अनुसन्धान तहकिकातमा विशेष दक्षता हासिल गरेका वा तालीम प्राप्त गरेका प्रहरी कर्मचारीलाई प्राथमिकता दिनु पर्नेेछ ।
(३) निर्देशक बाहेक अन्य प्रहरी कर्मचारीको सामान्यतया कम्तीमा दुई बर्ष अवधि पुरा नभई अन्यत्र सरुवा गरिने छैन ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीलाई काममा राखिरहँदा ब्यूरोद्वारा गरिने अनुसन्धान तहकिकातको कार्यमा नकरात्मक असर पुग्न जाने देखिएमा निर्देशकको सिफारिसमा त्यस्तो प्रहरी कर्मचारीलाई
अन्यत्र सरुवा गर्न सकिनेछ ।
(५) ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको अन्यत्र सरुवा गर्दा निर्देशकको राय लिनु पर्नेछ ।